Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अँध्यारोमा डुङ्गा चलाएपछि चालकलाई समस्या, दुर्घटना हुँदा २० जनाको मृत्यु, दर्जनौं बेपत्ता

    अँध्यारोमा डुङ्गा चलाएपछि चालकलाई समस्या, दुर्घटना हुँदा २० जनाको मृत्यु, दर्जनौं बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ ।



    बाक्लो कुहिरोका कारण चालकलाई गन्तव्य पहिचान गर्न समस्या भएपछि डुङ्गा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।



    दुर्घटना भएका बेला विमानमा झण्डै ८० यात्रु रहेको अनुमान गरिएको छ । ‘पर्याप्त उज्यालो नभएकाले चालकलाई डुङ्गा संचालन गर्न समस्या भएर डुङ्गा दुर्घटना भएको हो,’ दुर्घटनामा परी बाँचेका एक व्यक्तिले भने ।

    बेपत्ता भएका यात्रुहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको र खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने खोजी कार्यमा खटिएकाहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार