Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा समाजवादी सरकारमा आउन लाग्दा बाबुरामको असन्तुष्टि, रिसाएर के-के भने ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै पार्टी संलग्न गठबन्धनको वर्तमान सरकारप्रति असन्तुष्टि जनाएका छन्।

त्यसो त पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)लाई समेत समेटेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला असन्तुष्टि जनाएका हुन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष डा. भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ज्ञानेद्र गए पनि, ओली गए पनि कुर्सीको खेल भने जारी रहेको टिप्पणी गरेका छन् । साथै उनले वैकल्पिक शक्तिको खोजी जारी रहेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ। भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ। कमिसनखोरको खेलो जारी छ। छिमेकीको हैकम जारी छ। जयसिंह धामीको बेपत्ता जारी छ। छाउपडी जारी छ। छोइछिटो जारी छ । मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ। श्रमिकको चुलो खाली छ। अतः वैकल्पिक शक्तिको खोजी जारी छ।’

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्द शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने सहमति भएको बताइएको छ।

तर, त्यसअघि आइतबार बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दावी पेश गरेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077