Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगनद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा , देउवा समूहबाट खाँड कि महत ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी पार्टीको महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले आगामी मंसीरमा हुने १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेको बताए ।

'मैले आज यही कार्यकर्ता भेलामा औपचारिक घोषणा गरेको छु, म महामन्त्रीको उम्मेदवार बन्छु' थापाले भने।

१३औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला समूहबाट पनि थापा महामन्त्रीमा उम्मेदवार बनेर शशांक कोइरालासँग पराजित भएका थिए ।

थापाले यो पटक आफु कुन समूहको भन्ने बारेमा प्रस्ट पार्न सकेनन् ।

महामन्त्रीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँड र नेता प्रकाशशरण महतबीच को उठ्ने भन्ने बारेमा प्रतिस्पर्धा चलिरहेको छ।

देउवाले खाँडलाई गृहमन्त्री बनाएपछि महतलाई अगाडि ल्याउन खोजिरहेका छन्। तर, खाँडले भने मानेका छैनन । उनी जसरी पनि महामन्त्री बन्ने दाउमा छन्।

देउवाले पछिल्लो समय महतलाई रुचाएपछि खाँड तनाबमा परेका छन् ।

त्यसकारण प्रहरीको सरुवा/ बढुवामा बालुवाटारबाट आउने सूचीलाई उनले प्राथमिकता नदिने गरेको गुनासो देउवासम्म पुगेको स्रोत वताउँछ। देउवाले बिगतदेखि नरुचाएका प्रहरीकै उच्च अधिकारीहरुको सल्लाहमा खाँड चल्ने गरेको बालुवाटार स्रोत थप उल्लेख गर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077