Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाद्वारा ३ वर्षदेखि बन्द रहेको आणविक भट्टीको सुचारु

एजेन्सी । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सन् २०१८ मा बन्द भएको आणविक केन्द्रलाई उत्तर कोरियाले पुन: सुचारु गरेको छ ।

राष्ट्रसंघको आणविक निकायका अनुसार प्योङयाङले योङबायोन आणविक केन्द्र पुन सुचारु गरेको जनाएको हो । केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आइएइए) जनाएको छ।

उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी मानिने सो केन्द्र पाँच मेगावाट रेक्टरको हो । आइएइएका अनुसार योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसोपानी बगिरहेकाले उत्तरले आफ्ना आणविक गतिविधि सुचारु गरेको पुष्टि भएको छ ।

आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077