Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला घटनामा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह

    दार्चुला घटनामा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका थिए ।



    ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो,’उनीहरुको भनाइ उधृत गर्दै सहभागी एक नेताले भने।



    गत साउन १५ गते सदरमुकाम खलंगा आउने क्रममा महाकाली नदीको तुइन तर्दा एसएसबीका जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएपनि  अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।

    यस्तै, आजको बैठकमा मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको माओवादी केन्द्रका नेता श्रेष्ठले जानकारी दिएका छन् ।

    बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार