Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच पुन छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी भएका थिए ।

देउवा नेतृत्वको सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077