Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • वीपी राजमार्ग: गुडिरहेको मोटरसाइकलमा ढुंगा खस्यो, दुईमध्ये एक जनाको मृत्यु

    वीपी राजमार्ग: गुडिरहेको मोटरसाइकलमा ढुंगा खस्यो, दुईमध्ये एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन् ।



    मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलका पछाडी सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतिसकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार