Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको बम्पर अफरलाई अस्वीकार गर्दै योगेश भट्टराईले भने- आफैँसँग भएकालाई बनाउनू

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुले दोस्रो पुस्तालाई पार्टी अध्यक्ष दिन तयार रहेको बताएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष नेपालमाथि कटाक्ष हानेका छन् । शनिबार आफ्नो पार्टीनिकट पेसागत महासंघ नेपाल बागमती प्रदेश समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको दाबी गर्दै भनेका थिए, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु। आउनुहोस् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् ।' अध्यक्ष नेपालले पछिल्लो समय आफ्ना साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीका पक्षमा लागेका दोस्रो तहका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुलाई आफ्नो पार्टीमा ल्याउन आफुले अध्यक्ष छाडेर अध्यक्ष बन्नको बम्पर अफर गरेका थिए । तर, नेपाललाई अन्तिम समयमा आएर साथ छाडेका पूर्वमन्त्री भट्टराईले अध्यक्ष नेपालको अफरलाई अस्वीकार गर्दै आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका छन् । ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो,’ भट्टराईले ट्वीटमार्फत् भनेका छन्। आफूलाई पार्टी विभाजनको डिलसम्म पुर्‍याएर १० जना दोस्रो तहका एमाले नेताहरु पुन एमालेमै फर्किएको भन्ने अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिप्रति एमालेका ती नेताहरुले प्रतिवाद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077