Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई रावलको प्रश्न : अगाडि धकेलिँदा धकेलिनेले पछाडि फर्काउँदा फर्किनुपर्ने हो ?

काठमाडौं । आफूलाई पार्टी विभाजनको डिलसम्म पुर्‍याएर १० जना दोस्रो तहका एमाले नेताहरु पुन एमालेमै फर्किएको भन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष भीम रावलले प्रतिवाद गरेका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले १० जना दोस्रो पुस्ताका नेताहरुले आफूलाई विभाजनको तहसम्म पुर्‍याएर अन्तिममा साथ छाडेको बताएका थिए ।

यसै बिषयलाई लिएर एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेका हुन्। पार्टी भित्रको आन्तरिक द्वन्दका समयमा लामो समयसम्म नेपाललाई साथ दिँदै आएका रावललगायतका नेताहरुले अन्तिममा आएर नेपालको साथ छाडेका थिए ।

ट्वीटरमा उनले नेपाललाई 'धकेलिँदा धकेलिनेले फर्काउँदा फर्किनुपर्ने' भन्दै कटाक्षसमेत हानेका छन्।

ट्वीटरमा एमाले उपाध्यक्ष रावलले लेखेका छन्, 'कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।'

https://twitter.com/BhimRawal179/status/1431849204775743496

तत्कालीन एमाले अन्तरसंघर्षमा अध्यक्ष केपी शर्मा ओली विरुद्द मैदानमा उत्रिएका र वार्तामा सहभागी छ जनासहित १० जना स्थायी कमिटी सदस्यले नयाँ पार्टी गठनअघि नेपालको साथ छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077