Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी

    बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना भइरहेको छ ।

    पछिलो समय सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको भएपनि गठबन्धनमा आवद्द दल (कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी)हरुबीच मन्त्रालयको भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो।



    यसैबीच आज पुन: प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई पूर्णता दिने बिषयमा छलफल गर्न बैठक सुरु भएको छ।



    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताइएको छ।

    केही दिनअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत गर्दै पार्टी दर्ताको प्रमाणपत्र दिएसँगै सरकार विस्तारबारे छलफल भएको हो ।

    उच्चस्तरीय राजनीतिक स्रोतकाअनुसार आज बालुवाटारमा बसेको बैठकले मन्त्रालय को भागबण्डा मिलाउने र सम्भबत आज या भोलीमै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार