काठमाडौं । मन्त्रिमण्डल पूर्णतालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।
शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र दाहालबीचको भेटमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव तथा छोरी गंगा दाहालले बताइन् ।
नेकपा एमाले विभाजन भएपछि अब छिट्टै एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने सरकारको तयारी छ ।
मन्त्री बन्ने विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्रै चौतर्फी विवाद रहेको छ ।
Leave a Reply