Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूूरपश्चिममा भीम रावलले पार्टीकी प्रमुख सचेतक नै जोगाउन सकेनन्

धनगढी । नेकपा एमाले सुदूूरपश्चिम प्रदेशकी प्रमुुख सचेतक दुर्गाकुमारी बिक माधवकुमार नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)तिर लागेकी छिन्।

बिले आफूले एकीकृत समाजवादीतिर लागेकी घोषणा गरेकी छिन्। राजनीतिमा आफूलाई माधव नेपालबाट प्रेरणा मिलेको बताउँदै उनले प्रतिगमनकारीसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न नसकिने बताएकी छिन्।
विगतमा पनि सुुदूरपश्चिममा ओली प्रवृत्तिविरुद्ध सशक्त रुपमा लागेको र समानान्तर कमिटी नै बनाएर अगाडि बढिसकेको अवस्था रहेको उनले बताइन्।

बिक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुुपातिक सांसद हुन्। एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी बिकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन्।

नेतृ बिकले एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा पनि १३ जना प्रदेशसभा सदस्य नेकपा –एकीकृत समाजवादी) तिर लाग्ने पनि जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077