एजेन्सी । मानिसलाई कुनै कुराको लत लागेपछि छुटाउन निकै कठिन हुन्छ। विभिन्न लतका कारण मानिसहरुले जीवनमा धेरै क्षति बेहोर्नुपरेको पाइन्छ। तर, कोहीकोही मान्छेका लागि लत पागलपन भइदिन्छ। जसका कारण उसको जीवन तहसनहस भइदिन्छ।
अमेरिकामा एक युवकको तलका कारण उनको परिवार र जीवन स्वाहा भएको छ। ती युवमलाई अनलाइन पोर्नको लत लागेपछि उनले आफ्ना परिवारलाई सदस्यको नै हत्या गरेका छन्।
फ्लोरिडाका ग्रान्ट एक क्याम गर्ललाई हेर्नको लागि दिनमै लाखौं रुपैयाँ खर्च गर्थे। आफ्नो यही लत पूरा गर्नको लागि उनले सधैं पैसा चोर्न गरेका थिए। यसबाट उनका परिवार आजित भएका छन्। त्यसकारण उनलाई सुधार्नका लागि सुधार केन्द्रमा पनि हालियो।
केही समय सुधार केन्द्रमा बसेपछि उनी घर फर्किए। तर उनको लत यतिबेलासम्म पनि सकिएको थिएन। उनी पहिलेजस्तै पैसा गरेर कोठामा एक्लै लामो समय बिताउन थाले।
ग्रान्ट बुल्गेरियाकी मोडल सिल्भीप्रति निकै आकर्षित भएका थिए। ग्रान्ट हरेक दिन करिब ४ घण्टा सिल्भीलाई हेरेर बस्थे। यसरी हेरेर बस्दा उनी निकै पैसा उडाइरहेका थिए। पैसाको अभाव भएपछि उनले परिवारको पैसा चोरी गर्न थाले। डेलीस्टारका अनुसार उनले आफ्नो लत पूरा गर्नको लागि परिवार र आफन्तको २ लाख डलरभन्दा धेरै पैसा चोरी गरिसकेका थिए।
घर फर्किएपछि परिवारले ग्रान्टको अगाडि जबसम्म सिल्भीको पेज अनसब्सक्राइब गर्दैनन् तबसम्म घरमा बस्न अनुमति नदिने शर्त राखे। तर, उनले मानेनन्। पछि उनलाई रिफ्रेस गराउन जापान घुम्न लैजाने निर्णय भयो। यात्राका क्रममा ग्रान्टले दाजुकै पैसा चोरे।
अति भएको भन्दै परिवारले उनलाई घरमा आउन प्रतिबन्ध लगायो। उनलाई घरमा छिर्ने अनुमति दिइएन। ग्रान्डलाई घरमा भएका आफ्ना सबै सामान निकालेर जान भनियो।
यसपछि पागलजस्तै बनेका उनले गोली प्रहार गरी माता, पिता र दाजुको हत्या गरे। घटनापछि प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढायो। हाल उनलाई त्यहाँको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यसरी पोर्नको लतका कारण एक परिवार तहसनहस भएको हो।
Leave a Reply