Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तालिबानको नीति : बोलीमा शालीन व्यवहारमा कठोर- संगीतमा प्रतिबन्ध, महिलालाई कडाई

    तालिबानको नीति : बोलीमा शालीन व्यवहारमा कठोर- संगीतमा प्रतिबन्ध, महिलालाई कडाई

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 2.2K
    SHARES

    काबुल । अफगानिस्तान कब्जा गरेपछि तालिबानका नेताहरु जुन किसिमले प्रतिक्रिया दिए त्यसले धेरैलाई अचम्मित बनायो। देशका नागरिक र विदेशीहरुका लागि पनि तालिबानी नेताहरुले शालिनता देखाए।

    अत्तालिएर नागरिकहरुको भागाभाग हुँदा कसैसँग बदला नलिने र कुनै पनि देशका नागकिरलाई हानी नगर्ने बतायो। विश्व समुदायसँग सहकार्य गर्दै शान्तिका साथ देश विकासका कुरा पनि गरिरहेको छ। तर तालिबानी नेताहरुले दिएको प्रतिक्रियाअनुसारको व्यवहार भने देखिएको छैन।



    कतिपय स्थानमा मानिसहरु मारिए। झडपहरु भए। अशान्ति कायम नै रह्यो। नेताहरुले बोलीले मन त जिते त त्यो व्यवहारमा लागु नहुने संकेत देखाइसकेका छन्। अफगानिस्तानबाट बाहिरिनका लागि मानिसहरु आज पनि तछाडमछाड गर्दै छन्। त्यहाँ रहेका महिलाहरुले सार्वजनिक गरेको विचार र अभिव्यक्तिले तालिबानीहरु कठोर हुँदै गएको पुष्टि हुन्छ।



    यसैबीच देशमा नियन्त्रण गरेपछि तालिबानले पहिलोपटक पश्चिमी मिडियासँग कुराकानी गरेको छ। बुधबार पहिलोपटक प्रवक्ता जबिहुल्लाह मुजाहिदले पश्चिमी मिडियालाई अन्तर्वार्ता दिएका छन्।

    न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले तालिबान शासनकालमा सार्वजनिक स्थानमा संगीत बजाउन वर्जित गर्नेदेखि लिएर तीनदिनभन्दा लामो समय घरबाहिर रहनुपरे महिलाले एक पुरुषलाई सुरक्षाका लागि राख्नुपर्ने बताएका छन्।

    ‘हामी भविष्य निर्माण गर्न चाहन्छौं। विगतमा के भयो, त्यो बिर्सिनूस’ प्रवक्ता मुजाहिदले न्यूयोर्क टाइम्ससँग भने। आफूलाई विरोध गर्नेलाई सजाय दिइने भन्ने हल्लालाई उनले निराधार भएको दावी गरे।

    आफूलाई दुर्व्यवहार गर्नेविरुद्ध जाइलाग्नेबारे तालिबान लडाकुले युद्धकला सिकाउनुभन्दा पहिले उनले सुरक्षाका लागि महिलाहरु घरमै सुरक्षित भएर बस्नुपर्ने बताएको एकदिनपछि प्रवक्ता मुजाहिदको यस्तो भनाई आएको हो।

    दीर्घकालिनरुपमा आफ्ना दिनचर्या गर्न महिलाहरु स्वतन्त्र रहेको उनले बताए। महिलाहरुलाई घरमै बस्नुपर्ने र शरिर पुरै छोप्न तालिबानले दबाब दिन सक्ने खबरलाई उनले आधारहिन भने।

    महिलाको सुरक्षाका लागि खटिने एक पुरुष अभिभावक (माराम)लाई लिएर गलत बुझाई रहेको मुजाहिदको भनाई छ। ‘तीन दिन र त्यो भन्दा बढी समय बाहिर रहनुपरे मात्र माराम आवश्यक हुन्छ’ उनले भने।

    ‘यदि उनीहरु विद्यालय, कार्यालय, विश्वविद्यालय र अस्पताल जान्छन् भने माराम आवश्यक छैन’ तालिवानका मुख्य प्रवक्ता समेत रहेका मुजाहिदले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार