Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालक पिट्ने सशस्त्र प्रहरीलाई कारवाही होला त ? (भिडियोसहित)

जनकपुरधाम । सामाजिक संजालमा एउटा भिडियो निकै चर्चामा रहको छ । उक्त भिडियो हो -सशस्त्र प्रहरीले एक बालकलाई पिटेको ।

भारतबाट घरायसी सामान खरिद गरी साइकलमा ल्याउँदै गरेका एक बालकलाई नेपाल–भारत सीमा क्षेत्रस्थित महोत्तरीमा सशस्त्र प्रहरीले पिटेका छन् ।

महोत्तरीको ८ वर्षीय ती बालकको परिचय खुलाइएको छैन । उनले साइकलबाट बोरामा केही सामान ल्याएको दृश्यमा देखिन्छ ।

लगत्तै सशस्त्र प्रहरीले ती सामान आफ्नो नियन्त्रणमा लिने प्रयासमा उनलाई पिटेको दृश्यमा देख्न सकिन्छ ।

टिकटक र फेसबुकमा भाइरल सो भिडियोमा बालकले रूदै छोडिदिन गुहार मागे पनि सशस्त्र प्रहरीका जवानले उनलाई पिटिरहेको दृश्य देखिन्छ । यस घटनाबारे सशस्त्र प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि सामाजिक संजालहरुमा बालक पिट्ने ती प्रहरीलाई कारवाही हुनुपर्ने भन्दै चर्को आलोचना भइरहेको छ।

हेर्नुहोस् भिडियो :

[video width="576" height="1024" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2021/08/video-1629965908.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077