Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित

    निर्मल लामिछाने
  • बिहिबार, १० भाद्र २०७८
  • 3K
    SHARES

    निर्मल लामिछाने / विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीबार मात्र एमाले संसदीय दलको नेता चुनिएका आचार्य त्यस लगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।



    उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री एवं तत्कालीन संसदीय दलको नेता शेरधन राईले दलको नेतामा प्रस्ताव गरेपछि सर्वसम्मत रुपमा नेता चयन भएका थिए ।



    संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन गरिएको हो । संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री आचार्यले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    यसैबीच मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने, नपाउनेबारे अंकगणित सुरु भएको छ ।

    यस्तो छ अंकगणित :

    ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन्। प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्। जसमध्ये एक जना सभामुख छन्। अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन्।

    एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद नयाँ पार्टीमा जाने बताइएको छ। प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अन्य दलले साथ नदिएमा र एमालेबाट ५ वा सोभन्दा बढी सांसदले नयाँ पार्टी रोजेमा एमालेलाई बहुमत पुग्दैन।

    माधव नेपालको पार्टीमा एमालेबाट ६ सांसद मात्र गएमा र अन्य विपक्षी दलहरुबीच मोर्चाबन्दी भएमा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना छ। प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १-१ जना सांसद छन्।

    यता, नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरे । पद तथा गोपनियताको सपथपछि आचार्यले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने, ‘विकास र स्थायित्व पक्षधरसँग कुरा गरेर आफ्नो बहुमत पुर्याउँछौँ ।’

    लामो समयसँग माधव नेपालको गुटमा रहेका आचार्यले बुधबार नेपालले नेकपा (एमाले समाजवादी) पार्टी गठन गरेसँगै उनको साथ छाडेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार