Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एसिड पीडितसँग सौतेली व्यवहार गर्ने मुख्यमन्त्री राउतद्वारा आरती साहलाई पाँच लाखको चेक हस्तान्तरण

    एसिड पीडितसँग सौतेली व्यवहार गर्ने मुख्यमन्त्री राउतद्वारा आरती साहलाई पाँच लाखको चेक हस्तान्तरण

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.6K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । एसिड पीडित आरती साहलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

    एसिड पीडितसंग सौतेली व्यवहार गर्ने मुख्यमन्त्री लालबाबु राउतले ९ महिनापश्चात आरतीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।



    व्यापक आलोचनापश्चात मुख्यमन्त्री राउतले पीडित साहलाई बिहीबार बिहान आर्थिक सहयोग गरेका छन् ।



    पतिबाट सम्बन्ध बिग्रीएपछि माइत जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको बेला आरतीलाई पति संजिवले एसिड प्रहार गरेका थिए । एसिड आक्रमणबाट घाइते भएकी आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार