Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – औपचारिक रुपमा पार्टी फुटेको भोलीपल्टै नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक बिहीबार (आज) बस्न लागेको हो।

पार्टी कार्यालएका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएका हुन्। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्नेछ।

लामो समयदेखि पार्टीमा विद्रोह गरिरहेका दोस्रो तहका नेताहरु पनि आजको बैठकमा सहभागी हुनेछन्। १० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति भएपछि पार्टीमा फर्किएका तेस्रो धारका नेताहरुसहितको पहिलो बैठक बस्न लागिएको हो।

बैठकमा एमाले छाड्न चाहेका तर एकीकृत समाजवादीका सनाखत गर्न नपाएका नेतालाई कारबाही, पार्टीको अबको रणनीति, फुटको असरलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077