Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका हवल्दार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार राजीशरण साहलाई घुसको रकमसहित पक्राउ गरेको छ।

बुधबार महोत्तरीको गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार साहसमेत २ जनालाई घुस रकम ५ हजारसहित अख्तियारले पक्राउ गरेको हो।

अख्तियारका अनुसार हवल्दार राजीशरण साहले घरका लागि बिस्कुटलगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग पाँच हजार घुस मागेका थिए ।

सो बिषयमा परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले बरिष्ठ हवल्दार साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहलाई पाँच हजार  घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077