Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोना भाइरस

    २,४८२ जनामा संक्रमण पुष्टि हुँदा ४४ जनाको मृत्यु, १,७८१ जना डिस्चार्ज

    २,४८२ जनामा संक्रमण पुष्टि हुँदा ४४ जनाको मृत्यु, १,७८१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ को एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ५२ हजार ८६३ जना पुगेको छ ।



    जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा र ३ हजार ०३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो मंगलबार २,५२५ जना संक्रमित थपिँदा ३५ जनाको मृत्यु भएको थियो भने  २,०८६ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार