Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामको प्रश्न, ‘ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ?’

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

भट्टराईले  ओली सुध्रिनु र गोरु ब्याउनु उस्तै उस्तै भएको भन्दै व्यङ्ग्य गरेका छन्।

नेकपा एमालेको बैठक र त्यसपछिको सहमतिमा विश्वस्त भएका दोस्रो पुस्ताका नेतालाई भट्टराईले सत्तरी आसपासका बुढा नेताहरूको जति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/ आँट नभएको बताएका छन्।

‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत÷आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै !,’ भट्टराई ट्विटरमा लेखेका छन्, ‘बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनाव चिन्ह नै पार्टी हो र ? खै चेत ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077