काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आगामी मंसिर १० गतेदेखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
यस्तै, प्रवक्ता ज्ञवालीका अनुसार बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीको भनाइ छ ।
बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएका तर नेपालले पार्टी फुटाउँदा ओलीतिर लागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
Leave a Reply