Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोना भाइरस

    २,५२५ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु, २,०८६ जना डिस्चार्ज

    २,५२५ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु, २,०८६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ०८६ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार ०२० र ४ हजार ९०१ को एन्टिजेन परीक्षणमा ५२५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ५१ हजार ००१ जना पुगेको छ ।



    जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा र ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ५६६ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार १,८०१ जना संक्रमित थपिँदा २४ जनाको मृत्यु भएको थियो भने  १,९२४ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार