Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • फेरि कडा निषेधाज्ञा हुन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    फेरि कडा निषेधाज्ञा हुन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

    मंगलबार मन्त्रालयले सामाजिक सञ्जाल अन्तर्गत भाइबरमार्फत् यस्तो चेतावनी दिएको हो।



    ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ । सोमबार मात्र गाईजात्राको अवसरमा अत्यधिक भिड देखिएको थियो।



    यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पु–याउने मन्त्रालयको ठहर छ । ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार