Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • ‘आमा’ शब्दमाथि नै प्रहार गर्दै माधवी, जसले सन्तान जन्माए बित्तिकै उखुबारीमा फालिन्

    ‘आमा’ शब्दमाथि नै प्रहार गर्दै माधवी, जसले सन्तान जन्माए बित्तिकै उखुबारीमा फालिन्

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.1K
    SHARES

    बैतडी । संसारकै सर्वश्रेष्ठ व्यक्ति हुन् आमा । आमा भन्ने बित्तिकै बुझिन्छ कि उनले आफ्नो बच्चालाई सबैभन्दा धेरै माया गर्छिन्।

    तर, एउटी यस्ती आमा छिन् जसले आफूले जन्मदिनेबित्तिकै आफ्नै सन्तानलाई हत्या गरेकी छिन्।



    उनी हुन् बैतडी डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्की । उनै माधवीलाई जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।



    प्रहरीका अनुसार ६ गते आइतबार शिशुलाई जन्म दिएकी उनले जन्मिनेवित्तिकै उक्त शिशुलाई घर नजिकैको उघुवारीमा फालेर हत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बोधराज ओझाका अनुसार उनले शिशुलाई किन उखुबारीमा फालिन् भन्ने कुरा अझै खुलेकाे छैन ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार