Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले स्थायी कमिटि बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं – मंगलबार नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने नेकपा एमालेले जानकारी दिएको छ।

मंगलबारको बैठकमा पार्टी एकता, तेस्रो धारका नेताहरु माग, १० बुँदे सहमति कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

बैठकले सोही १० बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी कार्यतालिका बनाउन सक्ने अनुमान गरिएको छ। ओली र नेपाल पक्षका ५–५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार पारेको थियो।

तर उक्त सहमति कार्यान्वयन नहुँदै नेता नेपालले आफ्नो अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सोमबार राति चन्द्रागिरी बसेको नेपाल समूहको बैठकले अब एमालेमा नफर्किने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077