एजेन्सी – नेशनल क्रस भनेर चिनिने साउथ अभिनेत्री रश्मिका मण्डाना छिट्टै बलिउड फिल्ममा डेब्यू गर्दैछिन्। रश्मिका नायक सिद्धार्थ मलहोत्राको साथ फिल्म ‘मिशन मजनु’ मा काम गर्दैछिन्।
फिल्मको शुटिङ यसअघि नै शुरु भइसकेको थियो। तर केही समयको छुट्टिपछि फिल्मको शुटिङ पुनः शुरु हुने भएको छ। १५ दिनको सेडेयुलमा मुम्बईका विभिन्न स्थानहरुमा फिल्मको सिनहरु शुट गरिनेछ। यसअघि ४५ दिन लगाएर लखनउमा फिल्म शुट भइसकेको छ।
फिल्मलाई लिएर नायक–नायिका, निर्माता, निर्देशक सबै उत्सुाहित रहेका छन्। फिल्ममा सिद्धार्थ एक रअ एजेन्टको भूमिकामा छन्। सँगै रश्मिका पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन्। फिल्ममा पहिलोपटक यो जोडीलाई स्क्रिनमा हेन पाइनेछ।
Leave a Reply