Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अक्षयकुमारको ‘बेलबटम’ लाई प्रतिबन्ध

    अक्षयकुमारको ‘बेलबटम’ लाई प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी – अक्षयकुमारको फिल्म ‘बेलबटम’ प्रदर्शनमा आइसकेको छ। कोरोना महामारीपछि फिल्म हलहरुमा लागेको यो पहिलो ठूलो बलिउड चलचित्र हो।

    देशभक्ति उक्त फिल्ममा अक्षयसहित लारा दत्ता, वाणी कपूर, हुमा कुरैशी र आदिल हुसैनजस्ता कलाकारको अभिनय छ। तर, अक्षयको यो फिल्मलाई केही देशमा प्रतिबन्ध गरिएको छ।



    साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउँदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो। सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ। फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ।



    फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ। त्यो बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो। त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए।

    फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ। यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार