Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले निर्वाचन आयोगलाई पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ ।

निर्वाचन आयोगका अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी छ ।

आयोगको उक्त तयारीसँगै  'नेकपा एकीकृत समाजवादी’ सनाखतका क्रममा नेपाल पक्षले २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ । यस्तै, नयाँ दलले वैधानिकता पाइसकेपछि भने जति जनाको केन्द्रीय कमिटी बनाए पनि त्यसलाई आयोगले मान्यता दिने र अभिलेखमा राखिने आयोगले स्पष्ट पारेको छ । त्यसपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको सदस्य संख्या बढाउन वा घटाउन पाउने निर्वाचन आयोग स्रोतले बतायो ।

गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो ।

​माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077