Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म एमालेमै छु, अन्य प्रचार-प्रसारमा सत्यता छैन : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन्।

पछिल्लो समय नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति सचिवालयले ध्यानाकर्षण गराएको छ।

'आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,' गौतमको सचिवालयले भनेको छ, 'क. गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ, अन्य खाले प्रचार-प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।'

यसअघि केही अनलाइन मिडियाहरुले नेता गौतम एकीकृत समाजवादी पार्टीमा लागेको र सरकारमा जाने तयारी गरिरहेको बन्ने समाचार प्रकाशित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077