Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • काबुल एयरपोर्टमा आइएसको आक्रमणको डर, अमेरिकाले दियो चेतावनी

    काबुल एयरपोर्टमा आइएसको आक्रमणको डर, अमेरिकाले दियो चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नआउन चेतावनी दिएको छ। इस्लामिक स्टेट (आइएस) ले अफगानिस्तानमा आक्रमण गर्ने खतरा रहेको भन्दै अमेरिकाले यस्तो चेतावनी दिएको हो।

    शनिबार जारी गरिएको सुरक्षा सतर्कताले अमेरिकी नागरिकहरुलाई ‘ढोका बाहिर सुरक्षा खतरा’ रहेको भन्दै यसबाट टाढा रहन आग्रह गरेको छ।



    अमेरिकी सरकारका प्रतिनिधिसँग उपस्थित भएका व्यक्तिलाई मात्र यात्रा गर्न भनिएको छ। अमेरिकी रक्षा अधिकारीहरुले वर्तमान स्थितिको निगरानीमा गरिरहेको र अन्य बाटोहरुको खोजि गरिरहेको जानकारी दिएका छन्।



    आईएसबाट हुन सक्ने सम्भावित हमलाबारे कुनै आधिकारिक पुष्टि भएको छैन। न त आईएस समूहले काबुलमा आक्रमणको सार्वजनिक धम्की दिएको छ। एयरपोर्ट टर्मिनल बाहिर लगातार कोलाहलकाबीच अमेरिकाले शनिबार सुरक्षा खतरा रहेको सूचना जारी गरेको थियो।

    एक हप्ताअघि चरमपन्थी समूह तालिबानले राजधानी काबुलसहित सम्पूर्ण देश कब्जा गरेको थियो। शनिबार एक पत्रकार सम्मेलनका क्रममा अमेरिकी रक्षा विभागले १७ हजार मानिसको उद्धार गरिएको र त्यसमा २५ सय अमेरिकी नागरिक पनि रहेको जानकारी दिएको छ।

    वर्तमान अवस्थामा काबुल एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ। उद्धार गर्न चाहेको केही अमेरिकी र अफगानि नागरिकहरु उत्पीडनमा रहेको एक अधिकारीले जानकारी दिएका छन्। एयरपोर्ट आउनेक्रममा पनि केही स्थानमा नागरिकहरु कुटिएको बताइएको छ।

    अमेरिकी रक्षा विभागका प्रवक्ताले विमानस्थलबाहिर ठूलो भीड जम्मा हुनबाट जोगिन निर्देशन जारी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार