Online Nepal
  • बुधबार, १० पुष २०८१
  • घुमुवाको गल्ती लुकाउन एसपीकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइयो

    घुमुवाको गल्ती लुकाउन एसपीकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइयो

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 4.7K
    SHARES

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो गल्ती लुकाउन एक पत्रकारलाई लागूऔषध मुद्दामा फसाएको समाचार सार्वजनिक भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको सेटिङमा स्थानिय अनलाइनका पत्रकार मोहम्मद मोजिबल्लाहलाई लागूऔषध राखेर फसाइएको घटना बाहिर आएको हो । उनीहरुले पत्रकार मोहम्मदको मोटर साइकलमा लागूऔषध राख्दै गरेको भिडियो फूटेज नै सार्वजनिक भएको छ  ।



    पत्रकार फसाउने घुमुवा रौतहटका एसपी सिद्धिविक्रम शाहका घुमुवा हुन् । शाह असुलीमा बदनाम मानिन्छन्। ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए ।



    समाचार लेखेपछि पत्रकारलाई फसाउन ती घुमुवाले मोटरसाइकलमा लागूऔषध राख्दै गरेको सिसिटिभि फूटेजमा देख्न सकिन्छ ।

    शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान होटलमा प्रवेश गर्छन् । असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागूऔषध लुकाउँदै गरेको देखिन्छ ।

    लागूऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ ।

    तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन । यस विषयमा रौतहटका एसपी शाहले कुनै प्रतिक्रिया दिएका छैनन् । शाहकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइएको खुलेको छ।

    पत्रकार महासंघ रौतहटले नियोजित रुपमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाउन खोजिएको भन्दै कारबाहीको माग गरेका छन् ।

    रौतहट अध्यक्ष प्रेमचन्द झाले शनिबार विज्ञप्ति निकाल्दै ती प्रहरीलाई निलम्बन गरि कारबाहीको माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार