Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एक कप चियाको मूल्य १२ लाख !

काठमाडौं – नेपालमा चिया मन पराउनेहरुको ठूलै संख्या छ। केही मानिसहरु त दिनमा १५ देखि २० कप चिया पिउन भ्याउँछन्। तर कति पर्ला एक कप चियाको मूल्य ?

नेपालमा ठाउँअनुसार एक कप चियाको मूल्य २० देखि बढीमा ५०० सयसम्म पर्ला। स्थान र गुणस्तर अनुसार चियाको मुल्य फरक फरक हुन्छ। तर विश्वको सबैभन्दा महँगो चियाबारे यहाँ जानकारी गराउँदै छौं।

तविश्वको सबैभन्दा महँगो चिया ‘द होंग पाओ’ हो। यसको मुल्य लाखौँ पर्दछ। ‘द होंग पाओ’ नामक चियाको मुल्य सुनको मुल्य भन्दा कैयौं गुणा बढी छ। चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ।

विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो। यस चियाको एक घुट्कीका लागि करीब १२ लाख तिर्नु पर्दछ।

सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरीद गर्न २८ हजार डलर तिरेका थिए। अहिले यसको एक ग्रामको मुल्य मात्र १४ सय डलर पर्दछ। अझ एक प्यालामा यसलाई पिउने भए १० हजार डलर भन्दा बढि पर्ने गर्दछ। जसको नेपाली रुपैयाँ करिब १२ लाख पर्दछ।

‘द होंग पाओ’ चिया यति धेरै महँगो हुनुमा यो चिया बन्ने बिरुवा हो। यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन। यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मुल्य लाखौं परेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077