Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीका प्रदेश प्रमुख प्रसाई बर्खास्त, माधवनिकट शर्मालाई नियुक्त गर्ने तयारी

हेटौंडा । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेको छ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख प्रसाईंलाई पदमुक्त गरेकी हुन्। प्रसाईलाई एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख प्रसाईलाई पदमुक्त गर्न सिफारिस गरेपछि उनलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि बैठकले सिफारिस गरेको छ । सिफारिस भएका शर्मा माधवकुमार नेपालनिकट मानिन्छन्।

गत असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । जसमा लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077