Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अफगानि महिलाको विलाप– ‘मलाई तालिबानीले बाटोमा देखे भने मार्नेछन्’

    अफगानि महिलाको विलाप– ‘मलाई तालिबानीले बाटोमा देखे भने मार्नेछन्’

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेपछि बीबीसीले काबुलमा एक महिलासँग कुरा गरेको छ। यी महिलाले अफगानिस्तान सरकारका लागी लगभग दुई वर्षदेखि काम गरिरहेकी थिइन्।

    तालिबानले राजधानी काबुलसहित देशका सम्पूर्ण शहरमा नियन्त्रण गरेपछि भविष्यको बारेमा डर लागेको उनले बताइन्। ती महिलाले आइतबार उनको जीवनको सबैभन्दा खराब दिन रहेको बताएकी छिन्।



    बीबीसीसँग ती महिलाले भनेको कुरा जस्ताको त्यस्तैः

    बिहान म मेरो अफिस गएँ। त्यहाँ मैले एक मात्र महिला देखेँ। उनी ढोकामा तैनाथ सुरक्षा गार्ड थिइन्। त्यहाँ धेरै थोरै मानिसहरु थिए – यो एक सामान्य स्थिति थिएन।



    तालिबान शहरको प्रवेशद्वारमा आइपुगेका थिए। मानिसहरु डराएका थिए। तर मलाई आतंकवादीहरु शहर भित्र पस्नेछन् भन्ने लागेको थिएन। म दिउँसो अफिसबाट निस्किँए।

    मैले मेरो मोबाइल फोन चार्जर र केहि व्यक्तिगत कागजात लिएको थिएँ। म केहि पैसा निकाल्न बैंक गएँ किनकि सबै सकेसम्म धेरै पैसा निकाल्न खोज्दै थिए। त्यहाँको स्थिति निकै तनावपूर्ण थियो।

    जब म बैंकमा पसेँ मैले मेरी आमा, बहिनी र भाइको मिस कल देखेँ। त्यसपछि मलाई निकै डर लाग्यो। मैले मेरी आमालाई फोन गरेँ। उनले हडबडाहटमा ‘तँ कहाँ के गर्दैछस् ?’ भनेर सोधिन्। उनले मलाई तत्काल घर आउन भनिन्। किनभने तालिबान शहरको पश्चिमी भागमा प्रवेश गरेको थियो।’

    म धेरै डराएको थिएँ

    म भयभीत भएको थिएँ। सबैजना दौडिरहेका थिए। पसलहरु ढोका बन्द गर्दै थिए। सबैजना घर जान खोज्दै थिए। मेरो भाइले मलाई लिन आउँछु भनी फोन गरेको थियो। तर सवारी साधनका कारण सडकहरु जाम भएका थिए।

    म त्यहाँबाट निस्किएर ट्याक्सी खोज्न गएँ। बाटोमा मैले मानिसहरुलाई दौडिरहेको देखेँ। मलाई डर थियो तालिबानले मलाई बाटोमा देखे भने मार्नेछन्। किनकि म मेरो कार्यालयको लुगामा थिएँ। लगभग दुई घण्टापछि म अन्ततः मेरो घर पुगेँ।

    म यति धेरै डराएको थिएँ कि परिवारका सदस्यसँग कुरा गर्न पनि सक्किनथेँ। यो दिन म कहिल्यै बिर्सन सक्दिन। मैले पूरै रात डरमा बिताएँ। मलाई लाग्यो कि कुनै पनी समय कोहि हाम्रो ढोकामा ढकढक गर्न आउँछ।

    त्यो बेला सबैजना कतै लुक्न खोज्दै थिए। म एक नातेदारको घरमा जान चाहँन्थे। तर बाटोेमा उनीहरुलाई भेट्ने डर थियो। त्यसैले मैले आँट गर्न सकिन।

    हामी तालिबानलाई विश्वास गर्दैनौं

    म अहिले घरमा सुरक्षित महसुस गर्छु। यदि उनीहरु हाम्रो घरमा आए पनि मैले कहिल्यै सरकारको लागी काम गरेको छु भन्ने थाहा पाउँदैनन्। तालिबानले आफ्ना लडाकुहरु मानिसहरुको घरमा प्रवेश नगर्ने बताएको छ।

    तर हामी उनीहरुलाई भरोसा गर्न सक्दैनौं। जब टिभीमा देख्छु म डराउँछु। म यसमा धेरै दुःखी छु। हामीले उनीहरुको क्रुरता देखेका छौं। हामी कसरी उनीहरुलाई भरोसा गर्न सक्छौं ? अहिले पनि म डरको कारण राती निदाउन सक्दिन।

    म देश छाड्नका लागि भिसाको प्रतिक्षा गरिरहेको छु। के हुनेछ म भन्न सक्दिन। यदि म अफगानिस्तानमा बसे भने के उनीहरुले मलाई काम गर्न दिन्छन् ? मलाई लाग्दैन। म अफगानिस्तानमा मेरो भविष्य सुरक्षित देख्दिन। मलाई लाग्छ हाम्रा लागि सबै कुराहरु समाप्त भइसकेका छन्। मैले अब भविष्यको लागि मेरो आशा गुमाएको छु।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार