Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवाक लागि सिफारिस गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले कायममुकायम प्रधानसेनापति शर्मालाई महारथी पदमा पदोन्नती गरिएको हो।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

यस अघि साउन १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कामु प्रधानसेनापतिमा शर्मालाई नियुक्त गरेकी  थिईन् ।  त्यतिबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले ३ वर्षे पदावधिका कारण भदौ २४ बाट अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077