Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • सभामुखप्रति एमाले नेताहरुको आक्रोश : नेपालसहितका १४ सांसदलाई किन कारबाही नगरेको ?

    सभामुखप्रति एमाले नेताहरुको आक्रोश : नेपालसहितका १४ सांसदलाई किन कारबाही नगरेको ?

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेताहरुले १४ सांसदलाई कारबाही गरेको तीन दिन बितिसक्दा पनि सभामुखले सूचना प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

    गत भदौं १ गते एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्यागको कारबाही गरेको पत्र संसद सचिवालयमा पठाएको थियो । कारवाहीमा नेता नेपालसँगै, सांसदहरु जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका थिए।



    कानूनी व्यवस्था अनुरुप दलको ह्वीप उल्लंघन गर्ने सांसदलाई सम्बन्धित दलले दल त्यागको कारबाही गरेर संसद सचिवालयमा जानकारी गराएमा सभामुखले सूचना संसद बैठकमा पढेर सुनाएपछि पदमुक्त हुनेछन्।



    सभामुखले यसअघि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दलले कारबाहीको सूचना दिएको २४ घण्टा नबित्दै र तत्कालीन माओवादी केन्द्रका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गैरीशंकर चौधरीलाई कारबाहीको सूचना दिएको ७२ घण्टाभित्रै सूचना प्रकाशित गरेको तर एमालेका सांसदहरुको सूचना नपढेको भन्दै आपत्ति जनाएका हुन् ।

    बिहीबार एमाले नेताहरुले आफूहरुले दिएको निवेदनमा किन  ढिलाइ भएको हो ? भन्ने प्रश्नमा सभामुख अग्निप्रसाद सापकोटाले आफूले यो विषय छिटो टुंग्याउने बताएको एक एमाले नेताले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार