Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड, माधव र बाबुरामले एकै मञ्चबाट, ओलीले फरक ठाउँबाट सम्बोधन गर्दै

काठमाडौँ । बुधबारदेखि औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्मा ओली र माधवकुमार नेपालले आज पहिलो पटक फरक पार्टीका नेताको हैसियतमा सार्वजनिक रुपमा सम्बोधन गर्दैछन्।

बिहीबार ओलीले एमाले अध्यक्ष र नेता नेपालले एमाले समाजवादी अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् भने नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रममा नेता नेपालसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077