Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले पार्टी फुटाउने अध्यादेश ल्याएपछि कमल थापाले भने- कांग्रेस फोहोरी बाटोमा हिड्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस पुन:आत्मघाती र फोहोरी बाटोमा हिँडेको आरोप लगाएका छन्।

मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि अध्यक्ष थापाले कांग्रेस पुन:आत्मघाती र फोहोरी बाटोमा हिँडेको आरोप लगाएका हुन्।

उक्त अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित भएको अध्यक्ष थापाको बुझाई छ।

बिहीबार विहान सामाजिक संजालमार्फत् अध्यक्ष थापाले अध्यादेश जारी हुनु शुभ संकेत नभएको व्याख्या समेत गरेका छन्।

उनले लेखेका छन्, 'संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन।’

https://twitter.com/KTnepal/status/1428167998171353088

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077