Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अफगानिस्तानका धेरै शहरहरुमा तालिबान बिरोधी प्रदर्शन, गोली हानाहानमा एकको मृत्यु

    अफगानिस्तानका धेरै शहरहरुमा तालिबान बिरोधी प्रदर्शन, गोली हानाहानमा एकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 5K
    SHARES

    सांकेतिक तस्बिर ( बिबिसी )

    एजेन्सी। अफगानिस्तानको पूर्वी शहर जलालाबादमा तालिबानको गोली लागेर कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ।

    स्थानीयले शहरको एक वर्गमा अफगान राष्ट्रिय झण्डा फहराउने कोशिश गरिरहेका थिए, जस पछि तालिबान लडाकुहरुले गोली चलाएका थिए। जसमा एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो।



    बीबीसीको एक रिपोर्टमा  अफगानिस्तानको जलालाबाद, कुन्नर र खोस्त शहरहरुमा तालिबान बिरोधी प्रदर्शन भईरहेको उल्लेख छ । रिपोर्टका अनुसार प्रदर्शनकारीहरुले अफगानिस्तानको झण्डा फहराएका छन्।



    यी शहरहरुमा भइरहेको प्रदर्शनको आधारमा प्रदर्शन देशभर फैलन सक्छ।

    तर, तालिवानले अहिलेसम्म यी कुनै घटनाक्रममा टिप्पणी गरेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार