Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतम कहिले यता, कहिले उता : अहिले कता ?

काठमाडौं । नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने छ। साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन्।

निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको बताइएको छ। एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम भने अनुपस्थित भएका छन्। उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन।

गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए। नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए। तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077