Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रियंका भुजेल मृत्यु प्रकरण : आरोपीलाई कारवाहीको माग गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन

    प्रियंका भुजेल मृत्यु प्रकरण : आरोपीलाई कारवाहीको माग गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.3K
    SHARES

    रामनारायण यादव / सर्लाही । सर्लाहीमा युवती घटनाको बिषयलाई लिएर पूर्व पश्चिम राजमार्गमा टायर बालेर स्थानीहरुले प्रर्दशन गरि रहेको छ ।

    सर्लाहीको लालबन्दी नगरपालिकामा एक किशोरी बेपत्ता भएको चार दिनपछि मृत फेला परेपछि हत्या गरेको भन्दै स्थानीहरु सडकमा उत्रिएका छन् ।



    अहिले स्थानीयवासीले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गरिरहेका छन् । किशोरीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट नाराबाजीसहित टायर बालेर चक्काजाम गरेका हुन्।



    गत साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिईन् । उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार