Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निगम बेच्न खोज्ने डिमप्रकाश पौडेल मन्त्रालयमा हाजिर

काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम सुधार्न महाप्रबन्धक बनाएर पठाएका डिमप्रकाश पौडेल निगम नै बेचेर अर्बौ कमिशन खाने दाउमा लागेपछि निगमका कर्मचारीहरु आन्दोलित भएका छन् ।

निगममा ‘निगम बेच्न पाइँदैन, डिमप्रकाश चाहिँदैन’ भन्ने नारा घन्किन थालेपछि कार्यालय जान छाडेर भागी भागी हिँडेका महाप्रबन्धक पौडेलले पर्यटन मन्त्रालयमा गएर हाजिर गर्ने गरेको खुलासा भएको छ।

निगमलाई कम्पनीको मोडलमा लगेर नीजि व्यापारीलाई पोस्ने काम गरेपछि आन्दोलित भएका निगमका कर्मचारीहरुले उनीबिरुद्द नाराबाजी गर्दै धर्ना बसेका छन्। कर्मचारी आन्दोलित भएपछि उनी कार्यालय नगइ भाग्दै हिँडेका छन् । कर्मचारीहरु धर्ना बसेको बुधबार ४८ दिन वितिसकेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसँगको साँठगाँठमा पौडेलले निगमलाई कम्पनीमा परिणत गर्ने प्रस्ताव बोर्डबाट पास गराएका थिए । निगमको अध्यक्ष नभएको मौका छोपेर पौडेलले सहसचिव लामिछानेको अध्यक्षतामा बसेको बैठकबा उक्त प्रस्ताव पास गरेका थिए । जुन अवैधानिक निर्णय हो । पौडेलको हाजिर कपी निगममा भएपनि उनले मन्त्रालयमा गएर हाजिर गरेकोमा निगमको कर्मचारी युनियनले विरोध जनाएको छ ।

निगम कर्मचारी संघले आन्दोलन सुरु गरेकै दिन पूर्वमन्त्री भट्टराईले पौडेललाई फोन गरेर राजीनामा दिन भनेका थिए । तर, पौडेल भने स्याङ्जाका कांग्रेस नेता गोपालमान श्रेष्ठको आडमा निगममा टिक्ने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077