Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • शालिनता देखाउँदै तालिबानी नेता, भन्छन्– ‘महिलालाई काम गर्ने र पढ्ने अनुमति दिन्छौं’

    शालिनता देखाउँदै तालिबानी नेता, भन्छन्– ‘महिलालाई काम गर्ने र पढ्ने अनुमति दिन्छौं’

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 9K
    SHARES

    एजेन्सी। राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन्। यो पूरै देशका लागि गर्वको क्षण रहेको उनले बताए।

    ‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ। हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।उनले भने ।पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए।



    आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए। तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरूसहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ। निजी क्षेत्रका सञ्चारमाध्यम ‘निष्पक्ष र स्वतन्त्र हुन पाउने तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।



    पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले भने, ‘निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्।’ सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ।

    ‘कसैप्रति बदलाको भाव देखाइने छैन,’ मुजाहिदले भने। आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताए। कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले जानकारी दिए।

    पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिएका छन्। आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताए।

    ‘हामीले सबै सीमा नियन्त्रणमा लिएका छौँ,’ उनले थपे। अलकायदालाई आश्रय दिन सक्ने जोखिम बारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले ‘अफगानिस्तानको भूमि कसैको विरुद्ध प्रयोग नहुने’ बताए। तालिबानले शरिया कानुन अन्तर्गत महिलाहरूको हक अधिकारप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

    तालिबाने आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ। साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ।

    शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको प्रवक्ताले बताए। उनले भने, ‘महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन।’

    महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं। महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन्।’

    धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग–अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ।

    अफगानिस्तान अब संघर्षको मैदान नबन्ने बताउँदै जबिहुल्लाहले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि कसैलाई क्षति हुन दिने छैनौं। हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै उल्झन चाहँदैनौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार