काठमाडौं । प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयले गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति :
Leave a Reply