Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी फुटाउने अध्यादेश ल्याउदै देउवा सरकार, कडा प्रतिवाद गर्ने एमालेको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटीको बैठकले सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको हो।

बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताए ।

‘संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दलका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई वैधानिक आधार प्रदान गर्ने भ्रष्टता भित्राउने तयारी जुन गरिएको छ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ, ज्ञवालीले भने।

यद्यपि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

जारी बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ।  एमालेको माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउन सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा ओलीले पनि दलसम्बन्धी अध्यादेश ल्याएका थिए। राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वीकृत पनि गरेकी थिइन् तर चौतर्फी विरोधपछि फिर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077