Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कृशला हत्या प्रकरण : २ जना पक्राउ, श्रीमतीलाई उचालेको भन्दै ज्यान लिएको खुलासा

उदयपुर – प्रहरीले कृशला चौधरीको हत्या गरेको आराेपमा २ जनालाई पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक वनमा मृत फेला परेकी १६ वर्षिया कृशलाको हत्या आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरिएको हो।

त्रियुगा नगरपलिका–६ घर भएकी कृशला साउन १३ गते बेपत्ता भएकी थिइन्। साउन १९ मा उनको शव त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक वनमा भेटिएको थियो।

शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले यसक्रममा एक सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो। साउन २० मा मृतकका बुवा प्रेम कुमार चौधरीले शवको सनाखत गरेसँगै तीव्र अनुसन्धानमा जुटेको प्रहरीले सोमबार २ युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

उचितलाल सदा र विषे सदा मिलेर राजदेवी सामुदायिक बन स्थित रातमाटे खहरे खोलामा घाँटी थिचेर किशोरीको हत्या गरेको पाइएको छ। प्रहरीका अनुसार कृशला र उचितलाल सदाको श्रीमतीको चिनजान थियो।

कृशलाले उनकी श्रीमतीलाई उचाल्ने गरेका कारण घरझगडा भएको भन्दै हत्या गरेको बताइएको छ। प्रहरीले अदालतबाट १० दिनको म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077