काठमाडाैं । सरकारले दुई नम्बर प्रदेशको प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पदमुक्त गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अहिराजलाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
मिश्र यसअघि २०४८ सालका सांसद हुन् भने उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए ।
Leave a Reply