Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्रिपरिषद बैठक :

    अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्ने सरकारको निर्णय

    अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ।

    आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तान घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।



    प्रवक्ता कार्कीका अनुसार सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएको छ।



    यस्तै, आजको बैठकले भूपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशन प्रति सरकारको ध्यानाकर्षण भएको समेत मन्त्री कार्कीले बताए।

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै नेपालीहरूको उद्धार गर्न निर्देशन दिएको बताएका थिए । उनले अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने बताएका छन्।

    सरकारको आधिकारिक तथ्यांकअनुसार अफगानिस्तानमा अहिले १५ सय नेपाली रहेका छन्। ती मध्ये काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत ३८५ जना नेपालीलाई भने अमेरिकाले ऊद्धार गरेर कतारको राजधानी दोहा पुर्याएको बताइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार