Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अफगानिस्तानमा कयौँ नेपालीको अवस्था अज्ञात, समयमै उद्दार गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

    अफगानिस्तानमा कयौँ नेपालीको अवस्था अज्ञात, समयमै उद्दार गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । अफगानिस्तानमा तालिवानीहरुले पुरै शहर कब्जा गरेपछि अन्य देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेका बेला नेपालको तर्फबाट पनि पहल भएको छ ।

    आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न तथा स्वदेश फिर्ता गर्न निर्देशन दिएको हो।



    यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताएका थिए । अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभको सरकारको भनाइ थियो।



    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।

    आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार तालिबानी समूह काबुल प्रवेश गरिसकेको छ । समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका हुन्।

    यस्तै, आज बिहान अफगानिस्तानबाट अनलाइन नेपाललाई प्राप्त सूचना अनुसार अफगानिस्तानस्थित आईडीजी कम्पनीमा कार्यरत ३५ जना नेपालीहरुको अवस्था अज्ञात रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार